काठमाडौं – सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताले खरिद गर्न मिल्ने गरी आईपीओ निष्काशन बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ…