यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.६७ अंक घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज कारोबारमा आएका ३६१ कम्पनीमध्ये ४२ कम्पनीको शेयर मूल्य बढ्दा उपकार लघुवित्त, स्नो रिभर्स, कुमारी सबल योजना, जनउत्थान सामुदायीक लघुवित्त र सानीमा ग्रोथ फण्डका लगानीकर्ता सर्वाधिक कमाएका छन्।

जसमा, उपकार लघुवित्तका लगानीकर्ता १२.६८ प्रतिशत, स्नो रिभर्सका लगानीकर्ताले ११.७६ प्रतिशत, कुमारी सबल योजनाको ३.८७ प्रतिशत, जनउत्थान सामुदायीक लघुवित्तको ३.०९ प्रतिशत र सानीमा ग्रोथ फण्डका लगानीकर्ताले ३.०२ प्रतिशतका दरले कमाएका छन्।