काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक दशकमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १५० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । सेबोनले नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३ सार्वजनिक गर्दै सन् २०३६ सम्ममा बजार पुँजीकरण जीडीपीको १५० प्रतिशत पुर्याउने लक्ष्य राखेको हो ।
यस्तै, हाल करिब ३०० रहेको सूचीकृत कम्पनीको संख्या ५०० भन्दा बढी पुर्याउने, दैनिक कारोबार ८ अर्ब रुपैयाँबाट ३० अर्ब रुपैयाँ पुर्याउने तथा डिम्याट खाताको संख्या १ करोड २० लाखभन्दा बढी बनाउने लक्ष्य निर्धारण गरेको छ । मार्गचित्रले सन् २०३६ सम्म नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
द्योगिकीकरण, पूर्वाधार विकास, ऊर्जा, कृषि, सूचना प्रविधि तथा उद्यमशीलतामा दीर्घकालीन लगानी परिचालन गर्न पूँजी बजारको भूमिका विस्तार गर्ने उल्लेख छ । यस्तै, सेबोनले कर्पोरेट बन्ड बजारलाई प्रारम्भिक अवस्थाबाट विस्तार गरी कुल पूँजी बजारको २० प्रतिशत हिस्सा पुर्याउने लक्ष्य लिएको छ। यस्तै, हाल ५६ वटा रहेको म्युचुअल फन्ड योजनाको संख्या १५० भन्दा बढी पुर्याउने, २०० भन्दा बढी साना तथा मझौला उद्यमलाई सूचीकृत गर्ने तथा ग्रीन बन्डको नियमित निष्कासन सुरु गर्ने योजना पनि मार्गचित्रमा समेटिएको छ।






About Us
प्रतिक्रिया