दीर्घकालीन लगानीमा देखाएनन् शेयर लगानीकर्ताले रुचि

काठमाडौं – पछिल्लो समय शेयर लगानीकर्ताले दीर्घकालीन लगानीमा रुचि देखाउन छाडेको पाइएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार पछिल्लो समय लगानीकर्ताहरुले दीर्घकालीन लगानीमा चासो नदेखाएका हुन् । सेबोनले लगानीकर्ता शिक्षा तथा वित्तीय साक्षरताको कमी रहेको उल्लेख गरेको छ । दिगो र स्वस्थ पूँजी बजार निर्माणका लागि लगानीकर्ताको वित्तीय साक्षरता अत्यन्त आवश्यक हुने सेबोनको जनाएको छ ।…