काठमाडौं – आज साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०४ अंकले घटेर बजार २६ सय ४१ दशमलव ५ को बिन्दुमा बन्द भएको छ। आज ३५२ कम्पनीको ३ अर्ब ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ९ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको २९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, डरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी रिलायबल समृद्धि योजना–२ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.७० प्रतिशतका दरले गुमाएका छन्।








About Us
प्रतिक्रिया