मौद्रिक नीतिको २० नम्बर बुँदाले शेयर बजारमा तरंग, कर्जा सीमा ब्युँतिने डरले लगानीकर्ता सशंकित

काठमाडौं - नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिका कारण शेयर बजारका लगानीकर्ताहरूमा संशय बढेको छ। विगतमा हटाइएको शेयर धितो कर्जाको सीमा फेरि ब्युँतिने संकेत देखिएपछि बजारमा आशंका बढेको हो। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलद्वारा सार्वजनिक मौद्रिक नीतिको २० नम्बर बुँदामा बैंक तथा वित्तीय संस्थाको सबलता हेरेर शेयर धितो कर्जाको…