नेप्सेमा ४.०५ अंकको गिरावट, सामान्य घट्यो कारोबार रकम


काठमाडौं – आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.०५ अंकले घट्दा बजार २६ सय ५० दशमलव ९ को बिन्दुमा कायम भएको छ। आज ३३४ कम्पनी कारोबारमा आउँदा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।

आज ३ अर्ब ७७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने १ करोड ३ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावरको २३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ८.३४ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा अप्पर लोहोरे खोलाका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका हुन्।