काठमाडौं- भिजन सेक्युरिटिज (शेयर ब्राेकर नं. ३४) ले लगानीकर्ताका लागि मार्जिन कारोबार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबाेन) द्वारा जारी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडद्वारा जारी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम मार्जिन ऋण सुविधा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हाे।
यस सुविधामार्फत योग्य लगानीकर्ताले नियमानुसार उपलब्ध गराइने ऋण सीमाभित्र रही थप वित्तीय सहयोग प्राप्त गरी शेयर खरिद–बिक्री गर्न सक्नेछन्। यसले लगानीकर्ताको लगानी क्षमता अभिवृद्धि गर्नुका साथै पूँजी बजारमा थप अवसर सिर्जना गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
मार्जिन ऋण सुविधा लिन इच्छुक ग्राहकहरूले भिजन सेक्युरिटिजको कार्यालयमा सम्पर्क गरी मार्जिन खाता खोलेर सेवा लिन सक्नेछन्। भिजन सेक्युरिटिजले ग्राहकलाई आधुनिक, सहज र गुणस्तरीय लगानी सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर अगाडि बढाउँदै आएको उल्लेख गर्दै यस सुविधाले लगानीकर्तालाई थप प्रभावकारी रूपमा पूँजी बजारमा सहभागी हुन सहयोग पुग्ने जनाएको छ।







About Us
प्रतिक्रिया