प्रि ओपन सेसनमा १.३७ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.३७ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा २ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै १ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ।

आज यस सेसन भरिमा ५४ कम्पनी कारोबारमा आउँदा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।