काठमाडौं – यस साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ३५ अंकले घटेर बन्द भएको छ। यससँगै साताभरमा करिब १९ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।
यस साता ५ दिन कारोबार हुँदा ४ दिन बजार घटेको छ भने एक दिन मात्रै बजार बढेर बन्द भएको छ। साताको पहिलो कारोबारको दिन बजार १.२० अंकले घटेर २६ सय ८४ दशमलव ३३ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, दोस्रो कारोबारको दिन नेप्से २१.१५ अंकले घटेर बजार २६ सय ६३ दशमलव १८ को बिन्दुमा बन्द भएको छ।
त्यस्तै, तेस्रो कारोबारको दिन भने नेप्से ४.७९ अंकले बढेर बजार २६ सय ६७ दशमलव ९७ को बिन्दुमा बन्द भएको छ। त्यसैगरी, बिहीबार बजार पुनः ओरालो लागेर १३.८२ अंकको गिरावटसहित बजार २६ सय ५४ दशमलव १५ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ४.०५ अंकले घटेर बजार २६ सय ५० दशमलव ९ को बिन्दुमा बन्द भएको छ।
कुन दिन कति भयो कारोबार?
सोमबारः ४ अर्ब ५२ करोड
मंगलबारः ३ अर्ब ९७ करोड
बुधबारः ४ अर्ब ३७ करोड
बिहिबारः ४ अर्ब ५७ करोड
शुक्रबारः ३ अर्ब ६५ करोड







About Us
प्रतिक्रिया