रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाई नेप्सेमा सूचिकृत


काठमाडौं – रिलायबल समृद्धि योजना–२ का १२ लाख ५० हजार इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। आज नेप्से र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडबीच रिलायबल सामुहिक लगानी कोष अन्तर्गतको प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएका इकाई सूचीकरण गर्ने सम्झौता भएकाे हाे।

जसअन्तर्गत कुल १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष रिलायवल समृद्धि योजना–२ को इकाई सूचीकरण सम्झौता भएकाे छ। नेपाल धितोपत्र बोर्डबाट २०८३ वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति पाएको योजनाको अन्तिम बाँडफाँट असार ४ गते सम्पन्न भएको थियो। यस बन्दमुखी सामूहिक लगानी कोषमा १२ करोड ५० लाख इकाइ रहेका छन्।

प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ र कुल कोष आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ। योजनाको अवधि १० वर्ष तोकिएको छ। उक्त म्युचुअल फण्डको दोस्रो बजारमा कारोबार भने साउन २५ गते सोमबारदेखि सुरु हुनेछ।