कालोधन बैंकिङ्ग प्रणालीमा ल्याउन सांसदहरूद्वारा नोटबन्दीको प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार तथा अवैध रूपमा सञ्चित रकमलाई बैंकिङ्ग प्रणालीमा ल्याउन नोटबन्दी गर्न सरकारसँग प्रस्ताव गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै न्यौपानेले लामो समयदेखि लुकाएर राखिएको भनिएको कालोधनलाई वित्तीय प्रणालीमा ल्याउन पुराना नोट विस्थापन गर्नुपर्ने धारणा राखे। आवश्यक परे नयाँ नोट प्रचलनमा ल्याएर पुराना नोट निष्क्रिय बनाउनुपर्ने उनको…