काठमाडौं – नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले आज (बिहीबार) देखि दुई दिनका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री थालेको हो।
राष्ट्र बैंकका अनुसार २.५ ग्रामको एउटा सुनको असर्फीको मूल्य ६५ हजार ४ सय रुपैयाँ तोकिएको छ। त्यस्तै, १० ग्रामको चाँदीको मेडालियनको मूल्य ३ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। महाशाखाका अनुसार एक व्यक्तिले २.५ ग्रामको एउटा मात्र सुनको असर्फी खरिद गर्न पाउनेछन्। त्यस्तै, एक व्यक्तिले बढीमा दुई थान चाँदीका मेडालियन मात्र किन्न पाउने व्यवस्था गरिएको छ।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री हुनेछ। असर्फी तथा मेडालियन खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्। केन्द्रीय बैंकका अनुसार असर्फी र मेडालियनको मूल्य दैनिक निर्धारण गरिनेछ।





About Us
प्रतिक्रिया