काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ११.९६ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ सहित १३.०३६ प्रतिशत नगद लाभांश रहेको छ।
संस्थाको कात्तिक १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा लाभांश वितरण गर्नेछ।





About Us
प्रतिक्रिया