काठमाडौं - रियल स्टेट व्यवसायी तथा मानव अधिकारको सदस्य हुँ भनी घर जग्गा मिलाइदिने प्रलोभन देखाई १६ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–४ घर भई हाल काठमाडौंको काठमाडौं महानगरपालिका– ७ बस्ने हेमराज अवस्थी रहेका छन्। प्रहरीका अनुसार अवस्थीले आफू रियल स्टेट व्यवसायी तथा मानव अधिकारसँग आबद्ध व्यक्ति…