रसुवा बाढी: माछापुच्छ्रे बैंकको टिमुरे शाखाका पाँच कर्मचारी सम्पर्कविहीन


काठमाडौं – रसुवा जिल्लाको टिमुरे आसपासका क्षेत्रमा आएको विशाल बाढीका कारण माछापुच्छ्रे बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत पाँच जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको भन्दै बैंकले खोजी तथा उद्धारमा सहयोगका लागि सर्वसाधारणसँग अपिल गरेको छ। बैंकका अनुसार सम्पर्कविहीन रहेका कर्मचारीहरूमा भिम प्रसाद मेजु, अनुज नेपाल, सबिन महर्जन, पुनम ठाकुर र मिङ्मा तामाङ रहेका छन्।

बैंकले उनीहरूको अवस्था हालसम्म पनि अज्ञात रहेकाले कसैले उनीहरूलाई देखेमा, भेटेमा वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेमा यथाशीघ्र माछापुच्छ्रे बैंक लिमिटेडमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ।