ग्लोबल आइएमई बैंकका सात वटा शाखा बन्द


काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ग्लोबल आइएमई बैंक लिमिटेडको टिमुरे शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उक्त शाखाबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ्ग सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको छ।

बैंकका अनुसार बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति तथा दूरसञ्चार (नेटवर्क) सेवा समेत अवरुद्ध भएकाले अन्य शाखाहरूबाट प्रदान गरिने बैंकिङ्ग सेवा पनि आजका लागि बन्द रहनेछ।

बैंकले दिएको जानकारीअनुसार बागमती प्रदेशअन्तर्गत नौकुण्ड, कालीकास्थान, त्रिशूली, बट्टार, धुन्चे, बैरेनी र टिमुरे गरी सात वटा शाखा बन्द रहेका छन्।