बैकिङ्ग समाचार । नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका नविल बैंकका सीइओ अनिल शाहले उद्योगी–व्यवसायीहरुले पनि उपभोक्तालाई राहत दिनुपर्ने बताएका छन् । उद्योगी तथा व्यवसायीहरुले सरकार र राष्ट्र बैंकले दिएको राहतले नपुगेको भन्दै गुनासो गरिरहेका बेला शाहले यस्तो बताए । मंगलबारको संघीय संसदको अर्थसमितिको बैठकमा शाहले प्रश्न गरे, ‘हामीले हाम्रा ग्राहक अर्थात् ऋणीलाई मात्रै राहत दिने…