वोमी लघुवित्तले पुनः बोलायो साधारणसभा, लाभांश वितरण तथा प्राप्ती प्रस्ताव मूख्य एजेण्डा

वोमी लघुवित्तले पुनः बोलायो साधारणसभा, लाभांश वितरण तथा प्राप्ती प्रस्ताव मूख्य एजेण्डा


बैकिङ्ग समाचार ।

वोमी लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभाँश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको आठौं वार्षिक साधारणसभा पुन आह्वान गरेको छ।

यसअघि आह्वान गरेको साधारण सभा लकडाउनका कारण हुन नसकेपछि लघुवित्तले असार १९ गते कम्पनीको केन्द्रिय कार्यालयमा ११: ३० बजे सभा बोलाएको छ।

सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्न प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश पारित गराउनेछ ।

यसअनुसार लघुवित्तले सभाबाट पारित भएपछि २ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र १३ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

०७६ असार मसान्तसम्म १० करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात चुक्ता पूँजी १२ करोड ६३ लाख रुपैयाँ पुग्नेछ। त्यसैगरी सभामा अन्य उपयुक्त वित्तीय संस्था गाभ्ने तथा गाभिने प्रयोजनको लागि गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत लैजादै छ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि लघुवित्तले फागुन ३० गतेदेखि गरेकाले फागुन २९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन्।