समीट लघुवित्तको विशेष साधारण सभा हुँदै, एफपिओ पारित गर्ने

समीट लघुवित्तको विशेष साधारण सभा हुँदै, एफपिओ पारित गर्ने


बैकिङ्ग समाचार ।
समीट लघुवित्तले सजिलो लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा राखेर असार २१ गते होटल प्यालेस विर्तामोड झापामा विशेष साधारण सभा डाकेको छ। असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो।

सभाले सजिलो लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा पारित गर्नुका साथै मजर्रसँग भएगरेका सम्पूर्ण कार्यलाई अनुमोदन गर्ने भएको छ ।

त्यस्तै, सजिलो लघुवित्त मर्जरपछि राष्ट्र बैंकले तोकेअनुसार सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात ३० प्रतिशत नपुग्ने भएकाले थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्ने प्रस्ताव पनि सभामा रहेको छ।

समीटले सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गरेर नेप्सेमा सूचीकृत भैसकेको छ भने सजिलोले आईपिओ जारी नगरेकाले नेप्सेमा सूचीकृत छैन।

यस्तै मर्जर पश्चात समीट लघुवित्तको नाममा कारोबार गर्ने र केन्द्रीय कार्यालय टोखा नगरपालिका काठमाण्डौं र रजिष्टार कार्यालय सजिलो लघुवित्तको गोरखालाइ बनाइने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

मर्जर तथा प्रास्ती पश्चात पूँजी वृद्धि लगायत मिलाउन प्रबन्धपत्र तथा नियानवली संसोधन गर्ने तथा नियामक निकायको निर्देशन बमोजिमको कार्र्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

यस्तै सञ्चालक समितिको आव २०७५/७६को नाफा।नोक्सान हिसाब, वासलात सहितको वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७६/७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अन्य एजेण्डा पनि रहेका छन् ।

दुई कम्पनीबीच गत मर्जर सम्झौता भएसँगै गत माघ २३ गतेदेखि समीटको शेयर कारोबार रोक्का रहेको छ । उक्त मितिसम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।