नागरिक लगानी कोषले मुद्धती निक्षेपमा १२ अर्ब लगानी गर्ने

नागरिक लगानी कोषले मुद्धती निक्षेपमा १२ अर्ब लगानी गर्ने


बैकिङ्ग समाचार ।
नागरिक लगानी कोषले १२ अर्ब २९ करोड ३८ लाख ५९ हजार रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ।

कोषले एक वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्धती निक्षेपमा राख्न लागेको हो।

कोषले निक्षेप लिन चाहाने क’ वर्गका वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न सूचना प्रकासित गरेको छ।

मुद्धती निक्षेप लिन चाहाने वाणिज्य बैंकहरुले असार ९ गते दिउँसो १२ बजेभित्र सिलबन्दी आवेदन गर्न सक्ने कोषले जनाएको छ

कोषले २०७७ असार ३१ गतेसम्म भुक्तानी म्याद सकिने मुद्धति निक्षेप समावेश गरिएको समेत जनाएको छ।