घरबाटै काम गर्नेलाई लक्ष्मी बैंकको साथ, ग्याजेट किन्दा अफरै अफर  

घरबाटै काम गर्नेलाई लक्ष्मी बैंकको साथ, ग्याजेट किन्दा अफरै अफर  


बैकिङ्ग समाचार । 
लक्ष्मी बैंकले लकडाउनको समयमा घरबाटै काम गर्ने आवधारणलाई साथ दिन ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरिदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधाको प्रारम्भ गरेको छ।

बैंकले कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको अवस्थामा नयाँ योजना ल्याएको जनाएको छ।

हंडडुलमा प्रतिबन्ध लगाइएको परिणामस्वरुप शैक्षिक संस्था तथा कार्यालयहरु बन्द भएको स्थितिमा विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएको छ ।

यसै आवश्यकतालाई मध्यनजर गर्दै यो सुविधा अन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको १००% सम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२% वार्षिक ब्याजदरमा प्रदान गरिने बैंकले जनाएको छ ।

यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध छ । ग्राहकहरुलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरु पनि थप गर्दै जाने बैंकको योजना रहेको छ ।