सरकारले विश्व बैंकबाट १० करोड अमेरिकी डलर ऋण स्वीकार गर्ने

सरकारले विश्व बैंकबाट १० करोड अमेरिकी डलर ऋण स्वीकार गर्ने


बैकिङ्ग समाचार ।

सरकारले ऊर्जा क्षेत्रको वित्तीय क्षमता सुधार्न विश्व बैंकबाट १० करोड करिब १२ अर्ब नेपाली रुपैयाँ अमेरिकी डलर ऋण लिने निर्णय स्वीकृत गरेको छ।

मन्त्रिपरिषदको असार २ गते बसेकोे बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता एंवम सूचना, संचार तथा प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए।

विकास नीति ऋणअन्तर्गतको दोस्रो किस्ताबापतको विश्वबैंकबाट स्वीकृत गरिएको सो रकम सरकारले स्वीकार गर्ने भएको हो।

विश्व बैंकलेनेपालको ऊर्जा क्षेत्रको आर्थिक सम्भावना उजागर गर्न संस्थागत, नियमनकारी र प्रमुख नीतिगत सुधार गर्न ऋण उपलब्ध गराएको हो ।

उक्त रकम नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार्न, स्वतन्त्र र उत्तरदायी खालको नियामक प्रारूप तयार पार्न,नेपालको जलस्रोतको अधिकतम उपयोगका लागि क्षेत्रीय बजारसँग जोडिन तथा संघीय संरचनाअनुसार विद्युत् प्राधिकरणलाई सशक्त पार्न यो रकम परिचालन हुनेछ ।