काठमाडौं – सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर हायुटारस्थित एसबीआइ बैंकको शाखामा भएको लुटपाट घटनाले देशभर तरंग सिर्जना गरेको छ। पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा क्रमबद्ध रूपमा लुटपाट, आक्रमण र तोडफोडका घटनाहरू बढ्दै जानुले बैंक तथा वित्तीय संस्थाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरू बताउँछन्। सामान्यतया रकम जम्मा गर्न सबैभन्दा सुरक्षित मानिने बैंकहरू नै लुटिन थालेपछि सर्वसाधारणको विश्वास कमजोर…