काठमाडौं – डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एमबिएल आइटी कर्जा नामक नयाँ कर्जा योजना अगाडी सारेको छ। सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्य सहित सुरुवात गरिएको यस कर्जा योजनाले सूचना प्रविधिको क्षेत्रमा आईरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधिलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले…