साताको शेयर समिक्षाः

नेप्सेमा साढे २६ अंकको वृद्धि, कारोबार रकम १५ अर्ब आसपास


काठमाडौं – यो साता शेयर बजार समग्रमा दोहोरो अंकले बढेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा २६.५६ अंकले बढेर बन्द भएको हो। यो साता गत साताको तुलनामा कारोबार भने सामान्य घटेर बन्द भएको छ। यो साता भरमा १५ अर्ब बढीको शेयर कारोबार भएको छ। जबकि गत साता नेप्सेमा १७ अर्ब बराबरको शेयर कारोबार भएको थियो।

यस साता ५ दिन शेयर कारोबार हुँदा २ दिन बजार बढ्दा ३ दिन बजार घट्याे। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से १.०३ अंकले घटेर बजार २७ सय ३० दशमलव ९१ को बिन्दुमा पुगेको थियो।

त्यस्तै, दोस्रो कारोबारको दिन मंगलबार नेप्से ६.५१ अंकले घटेर बजार २७ सय २४ दशमलव ३९ को बिन्दुमा पुग्यो। त्यस्तै, बुधबार भने नेप्से ३०.८ अंकले बढेर बजार २७ सय ५४ दशमलव ४८ बिन्दुमा बन्द भयो। त्यस्तै, बिहीबार १२.३६ अंकले बजार घट्यो भने साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से १६.३८ अंकले बढेर बन्द भयो।

कारोबार कुन दिन कति?
सोमबारः २ अर्ब ४२ करोड रुपैयाँ
मंगलबारः २ अर्ब ९१ करोड रुपैयाँ
बुधबारः ३ अर्ब ७१ करोड रुपैयाँ
बिहिबारः ३ अर्ब ७१ करोड रुपैयाँ
शुक्रबारः ४ अर्ब ४६ करोड रुपैयाँ