काठमाडौं – बैंकिङ्ग क्षेत्रलाई पीडकको रूपमा प्रस्तुत गरिएको छ। वास्तवमा बैंक आफै पीडामा छ भन्ने विषय कसैले बोलिदिनुपर्ने अवस्था आएको छ। नेपालीको गर्व गर्नुपर्ने क्षेत्र बैंकिङ्ग क्षेत्र हो। एउटा मानिसले जागिर खोज्दा अथवा उदाहरण दिँदा बैंकिङ्ग क्षेत्रलाई नै लिइँदै आएको छ। हरेक क्षेत्रमा राम्रो नराम्रो कामहरू हुन्छन्। अहिलेसम्म आइपुग्दा बैंकिङ्ग क्षेत्रमा नै लागेका शेयर धनी, सञ्चालक र कर्मचारीहरूले योगदान त दिएका छन्।
तर, आज बैंकिङ्ग क्षेत्रले गर्दागर्दै पनि विभिन्न नीतिगत व्यवस्थासँगै आएका विविध कारण अस्वस्थ प्रतिस्पर्धा हुन गएको होला। यस्तै, हामीबाट पनि केही कमी कमजोरी भएका होलान्। तर, आज कस्तो भाष्य सिर्जना भयो भने बैंकहरु यस्तै हुन्, सबै बिगार्दै लगेका छन् जस्ता विषय आएका छन्। तर, यस्ता विषयले कसैलाई सहयोग गर्दैन।
निर्देशित कर्जाको कुरा नै गरौँ। निर्देशित कर्जा दिनु भनिएको छ। तर, जुन क्षेत्रमा कर्जा गइरहेको छ। कर्जा गएको क्षेत्रको बजार व्यवस्थापन भएको छ छैन, भण्डारण क्षमता के कस्तो छ भनेर हेर्ने काम कसको भन्ने नै छैन। कर्जा जानु मात्रै ठुलो विषय होइन। यता कर्जा नदिने हो भने ‘पेनाल्टी’ खानुपर्ने अवस्था छ। लगानी नगर्दा ‘पेनाल्टी’ खानुपर्ने लगानी गर्दा खराब कर्जा बढी हुने खराब कर्जा बढेपछि बोर्डले प्रेसर गर्यो भन्ने कि के भन्ने ? यस्ता साना–साना समस्यामा बैंकहरु छन्। यस्ता विषयलाई सबैले बुझ्नुपर्ने हुन्छ। ्रब्यालेन्सिटमा हामीले जे जति कुरा गरेपनि हाम्रो समस्या स्ट्रक्चलर छ। सरकारले निर्माण कार्य अघि बढाउन सकेको छैन । सबैभन्दा पहिलो आवश्यकता भनेको नै कन्स्ट्रक्सन क्षेत्र हो। कर्जा जान नसक्नुको कारण भनेको पनि मुख्य क्षेत्र कन्स्ट्रक्सन क्षेत्र अघि बढ्न नसक्नु हो।
बैंकिङ्ग भनेको ‘रिफ्लेक्सन अफ इकोनोमी’ हो। अर्थतन्त्र सुधार भयो भने बैंकिङ्ग आफै राम्रो हुँदै जान्छ। अर्थतन्त्र बिग्रिदा बैंकिङ्ग रामा्रे हुन्छ भनेर कसैले पनि नचिताउँदा हुन्छ। अहिले बैंकहरुमा जति खराब कर्जा छ। अर्थतन्त्र सुधार हुने बित्तिकै सुधार आउँछ।
बैंकिङ्गमा अहिले डराउनुपर्ने अवस्था छैन। खराब कर्जा बढी देखाउँदा बिग्रियो भन्ने कुरा कहीँ पनि छैन। अर्थतन्त्र चलायमान हुने बित्तिकै ट्रान्जेक्सन बढ्न थाल्छ र खराब कर्जा आफै सुधार हुन थाल्छ। हाम्रो ठुलो औद्योगिक क्षेत्र ध्वस्त भएर बैंकिङ्ग आएको होइन। त्यसैले पनि डराउनुपर्ने अवस्था छैन। बैंकिङ्ग क्षेत्रभित्र समस्या छैन। खराब कर्जा बढेर केही समस्या सिर्जना भए पनि भित्रबाट बैंकिङ्ग बलियो छ।
(सिबिफिनका महासचिव मनोज गोयलले पत्रकार भेटघाटमा राखेको मन्तव्यमा आधारित)






About Us
प्रतिक्रिया