युवतीलाई ब्ल्याकमेल गरी ९ लाख १० हजार ठगी गर्ने एक जना पक्राउ 


काठमाडौं – प्रेमको नाटक गरी एक युवतीसँग अश्लील भिडियो बनाई उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिदिने धम्की दिई ९ लाख १० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दी बेनीका आशिष थापा रहेका छन्।

उनले उक्त युवतीसँग ९ लाख १० हजार बराबरको रकम तथा गरगहना ठगी गरेको प्रहरीले जनाएको छ। थापालाई प्रहरीले कास्कीको लेकसाईडबाट नियन्त्रणमा लिई म्याग्दी जिल्ला अदालतबाट आपराधिक लाभ र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा शीर्षकमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।