७२ प्रतिशतले नाफा बढाएको कुमारी बैंकको वितरणयोग्य नाफा १ अर्ब ९ करोड, अन्य सूचक कस्ता ?

बैंकिङ्ग समाचार, काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा कुमारी बैंकको खुद नाफा झण्डै ७३ प्रतिशतले बढेको छ । बैंकको ब्याज तथा अन्य आम्दानी बढेपछि समग्र नाफा बढेको हो । गत असारमसान्तसम्म बैंकले दुई अर्ब ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशतले धेरै हो ।…