गरिमा विकास बैंकको खुद नाफा ८२ करोड ५२ लाख, वितरणयोग्य नाफा कति ?

गरिमा विकास बैंकको खुद नाफा ८२ करोड ५२ लाख, वितरणयोग्य नाफा कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै २५ करोड रुपैयाँ खुद नाफा बढाएको छ ।

अघिल्लो आवमा ५७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९६ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ६० करोड ५७ लाख रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२.४५ रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा एक अर्ब बढी र शेयरधनी कोषमा ६१ करोड रुपैयाँ सञ्चित छ।

असार मसान्तसम्ममा बैंकले ६३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब ९३ करोड खुद ब्याज आम्दानी र एक अर्ब १६ करोड सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको निक्षेप ५०.६० प्रतिशत र कर्जा ४८.६० प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३७ प्रतिशत र सञ्चालन नाफा ४३.८४ प्रतिशतले बढेको हो । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेको छ।

यस अवधिमा बैंकको पूँजीकोष ११.४२ प्रतिशत, खराब कर्जा अनुपात ०.७२ प्रतिशत, कोषको लागत ६.१७ प्रतिशत, आधार ब्याजदर ८.१७ प्रतिशत, स्पेडदर ४.५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४४.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.२३ गुणा रहेको छ।