बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकको खुद नाफा १०.८९ प्रतिशतले बढेको छ। बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार खुद नाफा ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष बैंकको नाफा ३ अर्ब ३३ करोड १७ लाख रुपैयाँ थियो।
बैंकको ब्यापार अर्थात ऋण बस्तार साढे २५ प्रतिशतले बढ्दासमेत खुद ब्याज आम्दानी ६.७ प्रतिशतले घटेको छ। ऋण एक खर्ब ५२ अर्ब पुगेको छ। बैंकले अन्य आम्दानी बढाउनुका साथै खराब ऋण घटाएर नाफामा सुधार गरेको देखिन्छ।
बैंकको खराब ऋण २.८४ प्रतिशतबाट १.८४ प्रतिशतमा झरेको छ। बैंकको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) टाइट हुँदै गएको छ। अघिल्लो बर्ष ६६ प्रतिशत रहेको सीसीडी यसपाली साढे ७३ प्रतिशत नाघेको छ।
बैंकको प्रति सेयर आम्दानी थोरै घटेर ३०.६५ रुपैयाँमा आएको छ। बैंकको ऋणको ब्याज सस्तिएको छ। आधार दर ९.२६ बाट ७.१३ प्रतिशतमा आएकाले ऋण सस्तो भएको हो। ब्याजको स्प्रेड दर थोरै घटेको छ। ४.४ प्रतिशतको स्प्रेड ४.३७ प्रतिशतमा आएकोछ ।
प्रतिक्रिया