बैंकिङ्ग समाचार, काठमाडौं ।
काठमाडौ जिल्लाको किर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टर विस्तार भएके छ । कार्यक्रममा प्रमुख अतिथी तथा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक उदघाटन गर्नु भयो ।
समुदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो र प्रबन्धक मिना लेखक बोहराले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमा स्थानीय जनसमुदाय, नगरपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थिति थियो ।
उदघाटन समारोहमा नगर प्रमुख रमेश महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम/सवल बनाउनमा विशेष महत्व खेलेको र आगामी दिनमा स्थानीय बासीहरुको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराई जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्नुभयो ।
उहाँले नगरपालिका परिसरमा एक्सटेन्सन काउण्टरको स्थापना गरि राजश्व संकलन कार्य तथा बैंकिङ्क सेवा जस्तो महत्वपूर्णकार्यको थालनी गरेको र परिसरमा बगैचाको निमार्ण कार्य गरेकोमा कृषि विकास बैंक लि. परिवारलाई धन्यवादन पनि दिनुभयो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने बताउनु भयो ।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक लि. बागमति प्रदेश प्रमुख सुन्दर खतिवडा, विभागीय प्रमुख गिरिधारी पौडेल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख धु्रव पौडेल , कृषि विकास बैंक लि. किर्तिपुर शाखाका कर्मचारीहरु उपस्थिती रहेको थियो ।
प्रतिक्रिया