ललितपुर महानगरपालिकामा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर

ललितपुर महानगरपालिकामा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ललितपुर महानगरपालिकाको परिसरभित्र नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टरको उद्घाटन गरिएको छ । 

उक्त काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगरपरिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गर्दै अब बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार वृद्धी गर्न तथा उत्पादनमुलक क्षेत्रमा लगानीका साथै नगरबासीहरुको आर्थिक उन्नतीमा हातेमालो गर्दे सामाजिक उत्तरदायित्व वहन गरी अगाडी बढाउनुपर्ने वताउनुभयो ।

 महानगर उपप्रमुख गीता सत्यालले नेपाल बैंक लिमिटेड महानगरपालिकासंग सहकार्य गरी डिजिटल बैकिङ्ग सुविधाद्धारा सेवाग्राहीहरुलाई आगामी दिनमा आधुनिक बैकिङ सेवा दिनुपर्ने बताउनु भयो ।

नेपाल बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको पहिलो र्बैकले डिजिटल बैकिङ्ग द्धारा डिजिटल नेपाल बनाउन पछि नपर्ने तथा सेवाग्राहीहरुको माग र समय सापेक्ष आफ्नो सेवा प्रदान गर्ने बनाउनुभयो । उक्त उद्घाटन कार्यक्रममा एक्स्टेन्सन काउण्टर संचालन र महानगरका २९ वटै वडाहरुबाट राजस्व संकलन गर्ने सम्बन्धी सम्झौतामा महानगरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल र नेपाल बैंक लिमिटेड ललितप’र शाखाका शाखा प्रबन्धक किरण डंगोलले हस्ताक्षर गनर्’ भएको थियो ।