एभरेष्ट बैंकको भैसेपाटीमा नयाँ शाखा, अत्याधुनिक र गुणस्तरीय बैंकिङ सेवा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले ललितपुरको भैसेपाटीमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा १ सय ४ पुगेको छ। बैंकका सहायक महाप्रवन्धक केशवराज पौडेल र  ललितपुर महानगरपालिका वडा १८का अध्यक्ष पुरुषोत्तम खड्काले शाखाको संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजंग थापा, नेपाल प्रहरीका भैसेपाटी क्षेत्रका इन्चार्ज लाेकबहादुर गुरुङ,  एभरेष्ट बैंकका बाग्मति प्रदेशका प्रवन्धक सन्ताेष भट्टराई, एभरेष्ट बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीको उपस्थिती रहेको थियो।

बैंकले सो शाखाबाट अत्याधुनिक र गुणस्तरीय बैंकिङ सेवा दिने जनाएको छ। बैंकका ११ लाख भन्दा बढी ग्राहक छन्।