सामुदायिक लघुवित्तको नाफामा उच्च सुधार, खराब कर्जाले बढायो जोखिम

सामुदायिक लघुवित्तको नाफामा उच्च सुधार, खराब कर्जाले बढायो जोखिम

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ करोड ७३ लाख खुद नाफा गरेको छ । लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १६०.८७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको नाफा ६६ लाख ४५ हजार थियो ।

कम्पनीको संचालन मुनाफामा सुधार आएपछि नाफा बढेको हो। लघुवित्तको खुद ब्याज आम्दानीमा बढोत्तरी र खराब कर्जा उठाएकाले पनि खुद नाफा उल्लेख्य बढेको हो। जसको लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने सञ्चालन नाफा १०४.०६ प्रतिशत वृद्धि भई १ करोड ९९ लाख पुगेको छ ।

त्यस्तै, गत वर्ष कम्पनीले ७२ लाख ८६ हजार खराब कर्जा संकलन गरेकाले पनि नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ । लघुवित्तले सम्भावित जोखिम शीर्षकमा ४ करोड २२ लाख छुट्याएको छ । यो अघिल्लो वर्षको भन्दा ४१ प्रतिशत बढी हो ।

चुक्तापूँजी १३ करोड २० लाख रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ६६ लाख छ । जगेडाकोष ३२ प्रतिशतले बढेको हो।

७१ करोड १६ लाख ७६ हजार कर्जा सापटी लिएको कम्पनीले ५० करोड ३० लाख ९४ हजार निक्षेप संकलन गरेर १ अर्ब २७ करोड १९ लाख ४० हजार कर्जा लगानी गरेको छ । लघुवित्तको सापटी २६.६१ प्रतिशत, निक्षेप १६.६८ प्रतिशत र कर्जा २०.०२ प्रतिशत बढेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १० पैसा बढेर १३ रुपैयाँ १३ पैसा पुगेको छ। कम्पनीको खराब कर्जा भने ३.९७ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ११५.५९ गुणा तथा प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ५१ पैसा छ।