नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त, लिए सपथ 

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त, लिए सपथ 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) को सञ्चालक समितिको अध्यक्षमा विश्वम्भर न्यौपाने चयन भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

केहि समयदेखि रिक्त रहेको उक्त पदमा न्यौपाने नियुक्त भएका हुन् । नवनियुक्त अध्यक्ष न्यौपाने लामो समयदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा विभिन्न भूमिकाहरुमा आवद्ध भई योगदान पुर्याएको र हाल माछापुच्छ्रे बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

\"\"

कस्तो संस्था हो नेप्स ? 

नेप्स १२ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवं संचालित नेप्स नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली संचालकका साथै पीसीआई एसएससीको बोर्ड अफ एडभाइजरी र पीसीआई डीएसएस भर्जन ३।२ र पीसीआई पीन प्रमाणित संस्था पनि हो ।

नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्ड मार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।