बीमा अभिकर्ताले अबदेखि २० प्रतिशत कर तिर्न पर्ने


काठमाडौं – बीमा अभिकर्ताले अबदेखि २० प्रतिशत कर तिर्न पर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आर्थिक विधेयकअनुसार बीमा अभिकर्ताले कर तिर्न पर्ने भएको हो ।

बीमा अभिकर्ताको लागि ब्याज, थप दस्तुर तथा जरिबाना मिनाहा सम्बन्धी विशेष व्यवस्था स् बीमा अभिकर्ताको व्यवसाय गर्ने कुनै पनि व्यक्तिले आर्थिक वर्ष २०८२/८३ वा सोभन्दा अघि कानून बमोजिम मूल्य अभिवृद्धि कर असुल नगरेको भएमा लाग्ने कर र सोमा लाग्ने ब्याज, थप दस्तुर तथा जरिबाना मिनाहा हुने उल्लेख छ ।

यता, सरकारले २० प्रतिशतका दरले कर कट्टी गर्नुपर्ने व्यवस्था गरेको छ ।