बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले शेयरधनीलाई आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कुल २० दशमलव ९५ प्रतिशत लाभांश मध्ये शेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
ग्लोबल आईएमई बैंक र यस बैंक अफ काठडमाण्डू बिच एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै शेयर कारोबार रोक्का रहेको छ ।
प्रतिक्रिया