नारायणी डेभलपमेन्ट बैंकको २२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज (असोज २४ गते) देखि २२ हजार ८१४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टाँडी, चितवनमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री खुला गरिने जानकारी बैंकले दिएको छ ।