बैंकिङ्ग समाचार, काठमाडौं ।
एन आई सी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपबाट Smart QR स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट उपलब्ध हुने योजना रहेको छ ।
बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ आश्विन १ गते देखि २०७९ कात्र्तिक १५ सम्म भाट–भटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहकहरूलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको हो ।
बैंकले यस अघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाट–भटेनी सुपरमार्केट लगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ ।
जसअनुसार २०७९ कात्तिक १५ सम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत POS तथा NIC ASIA MoBank मार्फत QR भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध रहेको छ । त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाईन सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको प्रबन्ध मिलाइएको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।



About Us
प्रतिक्रिया