हिमालयन रिइन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा कार्तिक ४ मा, के छन् एजेण्डा

हिमालयन रिइन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा कार्तिक ४ मा, के छन् एजेण्डा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन रिइन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले उक्त सभा कार्तिक ४ गते गर्ने जनाएको छ । कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा होटल अलफ्ट ठमेल काठमाडौंमा विहान ११ बजे आयोजना गर्ने भएको हो ।

सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति निजको पारीश्रमिक तोक्ने एजेण्डा पनि पारीत गर्नेछ । संचालकको पारीश्रमिक र भत्ता तोकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली थप संशोधन गर्ने, सो कार्य गर्नका लागि संचालक समितिलाई पुर्ण अख्तियारी प्र्रदान गर्ने, नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन वा फेरबदल गर्नुपर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।