बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच मिति २०७९ असोज १३ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन (Priority Check-in) सुबिधा प्रदान गर्ने भएको छ ।
यस सम्झौता पत्रमा बैंकका तर्फबाट बंैकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।
हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ ATM र ६,००० भन्दा बढी POS Terminals बाट सेवा प्रदान गर्दै आएको छ ।



About Us
प्रतिक्रिया