बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंकले दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले शुक्रबार मणिग्राम र परासीमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हाे ।
रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए । यस्तै परासी शाखाको समुद्घाटन रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका संचालक मन महर्जनले संयुक्त रुपमा गरेका थिए ।
नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले मणिग्राम र परासी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर काेड, नि:शुल्क डलर कार्ड जारी, डिम्याट खाता, मेरोसेयर रजिस्ट्रेशन, डेबिट कार्ड, मोबाईल बैंकिंग सेवा, इन्टरनेट बैंकिंङ सेवा र सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने जनाएकाे छ ।



About Us
प्रतिक्रिया