आइपीओ निष्काशन गर्न सान्जेन जलविद्युतलाई धितोपत्र बोर्डको अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आइपीओ निष्काशन गर्नको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ९ गते आइपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज क्यापिटल तथा एनएमबि क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन् ।