बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र असार १० गत (आज)देखि निष्काशन गर्ने भएको छ । बैंकले कार्यलय अवधि विहान १० बजेपछि १० वर्षे अवधिको ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्य ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यो ऋणपत्र खरिदका लागि छिटोमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २४ गतेसम्मको मिति तय भएको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने यो ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व समयमानै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।



About Us
प्रतिक्रिया