बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको गोदावरी स्थित इिस्माइल मेकरस् डेन्टल होम (Smile Makers Dental Home ) सँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले ललितपुरमा रहेको इिस्माइल मेकरस् डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया