नेपाल एसबिआई बैंकले मुद्धती खातामा ३ गुणा बढी प्रतिफल दिने धनवृद्धि योजना


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंकले धनबृद्धि योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणाभन्दा बढी प्रतिफल दिने मुद्धती खाता संचालनमा ल्याएको छ ।

बैंकको अनुसार उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सक्ने जानकारी दिएको छ।

यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुई गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जनाएको छ ।