बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वीजरलयाण्ड जाने कार्यक्रम तय भएको छ ।
असार ११ र १२ गते स्वीजरल्याण्डमा आयोजना हुने '92nd Annual General Meeting of the Bank of International Settlement' विषय कार्यक्रममा भाग लिन गभर्नर अधिकारी स्वीजरल्याण्ड जाने भएका हुन् ।
त्यसका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति पनि दिइसकेको छ । उनी स्वीजरल्याण्डबाट फर्केर आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि तयारी गर्ने बताइएको छ ।



About Us
प्रतिक्रिया