कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम पाँचखालमा सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
भरतपुरमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तिय सेवामा किसानको पहुँच र प्रयोग बढाउने उद्देश्यले कृषि विकास बैंंकको शाखा कार्यालय पाँचखालले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

नेपाल सरकार मार्फत कृषि बिकास बैंक सङ सम्झौता भएको आइएफएडीको आर्थिक साझेदारीमा आरपीएसएफ/एपीआएए परियोजना अन्तर्गत कृषि विकास बैंकले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । विशेषगरी किसान एप र किसान क्रेडिट कार्डका माध्यमबाट कृषकको व्यवसायिक पहुँच वृद्धि गर्ने लक्ष्य कार्यक्रमको रहेको बैंकले जनाएको छ ।

वागमती प्रदेशका १३ मध्ये ८ जिल्लामा यस कार्यक्रम संचालन हुनेछ । जसमध्ये काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ०३ को प्रतिषठा कृषि सहकारी संस्था र पाँचखाल नपा ७ को किटिनी कृषि सहकारी संस्था तथा मण्डनदेउपुर नगरपालिका ०७ कालिदेबी महिला कृषक समुहमा कार्यक्रम सञ्चालन गरिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार एउटा समुहमा २५ जनाका दरले सहभागी भएका थिए । आपूर्ति शृंंखलामा संलग्न साना  किसानहरु, संकलक तथा प्रशोधनकर्ता, उद्यमीहरु, कम्तीमा ६० प्रतिशत महिला, ३० प्रतिशत युवा एवं दलित जनजाती लगायत पिछडिएका वर्गलाई लक्षित गरिएको सो कार्यक्रममा तीन वटा सहकारी गरि ९ वटा समुहमा करिब २२५ जना प्रत्यक्ष लाभान्वित हुने बैंकले जनाएको छ । 

उक्त कार्यक्रम सँगै सो परियोजनाले काभ्रे जिल्लाभर तरकारी तथा दुध उत्पादक र व्यापारी तथा सेवा प्रदायक संस्थाबीच व्यवसाय वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रमका साथै किसानलाई डिजिटल प्रणालीको अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्नेगरि बैंकका प्रबन्धक बिकास पौडेल तथा सहकारी का अध्यक्षबिच सम्झौता भएको र आगामी दिनहरुमा थप किसान लाभान्वित हुने गरि कार्यक्रम आउने बैंक का आपूर्ति श्रृङखला सहजकर्ता नकुल ढुङेल ले  जानकारी दिए ।