महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याबमा छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक र महाराजगंज काठमाडौंमा अवस्थित काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।